राजनीति

कम्युनिस्ट आन्दोलनका उपलब्धिको रक्षा गर्न नयाँ पार्टी स्थापना : जगरनाथ खतिवडा

बृजमान तामाङ /
राजविराज,२१ साउन ।
नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय उपमहासचिव एवम प्रचार विभाग प्रमुख जगरनाथ खतिवडाले कम्युनिस्ट आन्दोलनका उपलब्धि रक्षाको लागि नयाँ पार्टी स्थापना गरेको बताएका छन ।
सप्तरीको राजविराजमा शनिबार समाजवादी प्रेस संगठनको प्रथम जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै नेता खतिवडाले सडकका जनतालाई दुखबाट मुक्ति गर्ने नयाँ अभियान प्यारो लाहेर एकीकृत समाजवादी पार्टी निर्माण गरेको बताए । हामीले पार्टीका कार्यकर्ता विरुद्ध विद्रोह गरेका होइन, खतिवडाले भने, संगै बामपंथी अभियानमा लागेको सहकर्मीसंग छुट्टीएर बस्दा निकै पीडा बोध भयो, कम्युनिस्ट विरोधी प्रवृत्तिबाट दिक्क भएर कम्युनिस्ट विचारका साथीहरु बिस्तारै पार्टीमा आवद्ध हुनेछ । खतिवडाले ओलि नेतृत्वको एमाले पार्टीले कम्युनिस्ट आन्दोलनलाई कम्जोर र बदनाम गराएको आरोप लगाए ।
हामी परिबर्तनकारी र सामाजिक रुपान्तरण गर्ने नयाँ पार्टी निर्माणको अभियानमा छौं । नेता खतिवडाले आगामी मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनको तयारीमा जुट्न नेताकार्यकर्तालाई आग्रह गरे । हामी पाँच दलिय गठबन्धन गरेर चुनावमा जान्छौ उनले भने, गठबन्धनको नेतृत्व कांग्रेस बाहेकका चार दलिय बामपंथी गठबन्धनले छुट्टै गर्नेछ । बामपंथी गठबन्धनमा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमोर्चा रहने उनले बताए ।

कार्यक्रममा बोल्दै एकीकृत समाजवादी पार्टीका स्थायी समिति सदस्य रामपृत पासवान

पार्टीका जनप्रतिनिधिहरुको अनुहारमा समाजवादी पार्टी देखिने भएको बताउँदै उनले जनताको सेवामा इमानदारीपुर्वक समर्पित हुन निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गरे । खतिवडाले पत्रकारहरुले पेशागत हकहित र सामाजिक रुपान्तरणका लागि सहि सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । पत्रकारहरुले जनताको चेतनाको ढोका खोल्ने काम गर्छ, खतिवडाले भने, पत्रकारहरु परिवर्तनका सिपाही हुन, सशक्त,निष्पक्ष र सत्यतथ्य सूचना दिनु सक्नुपर्छ।
पार्टीका स्थानीय समिति सदस्य एवम मधेश प्रदेशका सह इन्चार्ज रामपृत पासवानले सामाजिक न्याय र रुपान्तरणका लागि पार्टी अझै लडाई लडन बाँकी रहेको बबाए । उनले सामाजिक परिवर्तनको लागि तिनै तहको सरकारको नेतृत्व एकीकृत समाजवादी पार्टीको हुनुपर्ने आवश्यता औलाए ।समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् मधेश प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, समाजवादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष एवम् पार्टीका प्रचार विभाग सचिव प्रकाश खतिवडा, पार्टीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी, प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङ, प्रेस युनियनका कार्यवाहक अध्यक्ष विनयलाल कर्ण, प्रेस सेन्टरका अध्यक्ष दिनानाथ यादव, वरिष्ठ पत्रकार अनिल कुमार अनल, सुरेन्द्र गुप्ता लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
समाजवादी प्रेस संगठन सप्तरीका सचिब सतिस कुमार दत्तद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष प्रमोद चालिसेले गरे । कार्यक्रममा स्थानीय तह निर्वाचनमा शम्भुनाथ नगरपालिकाबाट निर्वाचित नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ता, उपप्रमुख अनिता चौधरी लगायतका विभिन्न स्थानीय तहमा निर्वाचित वडा अध्यक्षहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
अधिबेशनबाट नयाँ कार्यसमिति समेत चयन हुने केन्द्रिय सदस्य अम्बिका दाहालले जानकारी दिइन ।

Add Comment

Click here to post a comment

You cannot copy content of this page