प्रदेश १ समाज

मोरङ जहदा गाउँपालिकाबाट ठुलो परिणाममा लागुऔषध गाँजा बरामद

मोरङ, श्रावण २२ गते । मोरङ प्रहरीले जहदा गाउँपालिका ३ ठुलो हातिबन्दा स्थितबाट ठुलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।
शनिवार बेलुका विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले राजबंशीको घर पछाडि रहेको कटेरोमा प्लाष्टीकमा प्याक गरी बोरामा हाली लुकाई छिपाई राखिएको ३८ किलो गाँजा बरामद गरेको हो ।
राजवंशीको घरबाट गाँजा बरामद भएता पनी राजवंशी फेला नपरेको तथा उनको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Add Comment

Click here to post a comment

You cannot copy content of this page