समाज

चन्द्र नहर फुटेर बस्तीमा पस्ता सप्तकोसी -४ का दर्जनौ घर डुबानमा हुनुका साथै लाखौंको क्षती

खगेन्द्र कार्की /
फत्तेपुर, २२ साउन ।
शनिबार साझ देखि परेको अविरल वर्षाका कारण आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहर भत्काएको छ ।
सप्तकोसी नगरपालिकामा रहेका स्थानिय अमाहा, जुटपानी ,सत्रापत्र , ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर भत्काएको स्थानिय बिष्णु राईले जानकारी दिए । राईका अनुसार अबिरल बर्षाका कारण खहरे खोलाबाट आएको बाढिका कारण नहर भत्किएको छ नहर भत्किदा वडा न ४ का दर्जनौ घर डुबानमा परेका छन् ।

नहर भत्किएर पानी बस्तिमा पस्दा वडा न ४ का बिष्णु राइ, राम बहादुर बिस्ट, कालिमाया राइ ,धनराज राइ, भानुभक्त सापकोटा , बिर बहादुर मगर ,नन्दराइ सकुनम राइ, राम बहादुर बस्नेत लगायत दर्जनौं घर डुबानमा परि लाखौंको क्षति भएको स्थानीय गुणराज सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार ती घरहरुमा ६ फिट सम्म पानी जमेको थियो । नगर क्षेत्रमा रहेका खहरेखोलामा ओभरफ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनायो सापकोटाले भने।
गए रातिको अबिरल बर्षाका कारण आएको बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका सयौं घर डुबानमा परेका छन् भने सयौं बिघा धान खेति जलमग्न भएको छ।

शनिबारको बर्षाले सप्तकोसी नगरपालिकाका वडा नम्बर १ देखि ११ वटै वडा प्रभावित भएको नगर प्रमुख कृष्ण प्रसाद ढकालले जानकारी दिए। बर्षा का कारण सप्तकोसी नगरपालिका वडा म्बर १ को वडा कार्यलयमा पानी पसि कम्प्युटर लगायत कार्यालयका कागजपत्र भिजेर नस्ट भएको वडा का कास राजकुमार रामले बताए ।
वडा कार्यलय अगाडि रहेको अग्रवाल स्टोरको गोदाममा पानी पस्दा लाखौ खाद्यान्न सामाग्री भिजेर नस्ट भएको मनोज अग्रवालले बताए।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page