स्वास्थ्य

आज एकैदिन १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि, २ जना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा आज एकैदिन १ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ९ सय ५८ नमूनाको पिसिआर परिक्षण गर्दा ५ सय ६० र ३ हजार ३ सय ४२ नमूनाको एन्टीजेन परिक्षण गर्दा ५ सय ३० जनामा संक्रमण पुष्टि भएको हो ।
आज ४ सय ३८ जना संक्रमित निको भएका छन् । त्यस्तै २ जना संक्रमितको मृत्यु भएको छ ।
कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ ।
जसमध्‍ये ५ हजार ५९३ जना होम आइसोलेसनमा रहेका छन् भने २१३ जना संस्थागत आइसोलेसन र ६१ जना आईसीयूमा छन् । यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Add Comment

Click here to post a comment

You cannot copy content of this page