राजनीति

राष्ट्रिय युवा संघ नेपाल सप्तरी जिल्ला इन्चार्जमा मनिश श्रेष्ठ

उत्सव आचार्य /
सप्तरी, २४ साउन ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सप्तरीको इन्चार्जको जिम्मेवारी मनिष श्रेष्ठले पाउनु भएको छ ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले आज जारी गरेको विशेष सर्कुलर अनुसार राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य समेत रहनुभएका श्रेष्ठले जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएको हो ।
सप्तरीको कञ्चनरुप नगरपालिका–१२, रुपनगर घर भएका श्रेष्ठले जिल्ला इन्चार्जको जिम्मेवारी पाएपछि उहाँले पार्टी र संगठनले दिएको जिम्मेवारी सफलतापुर्वक पुरा गर्ने बताउनुभएको छ । सबै युवाहरुलाई युवा संघमा आबद्ध गरेर अगाडि बढ्ने उहाँको भनाइ छ । उहाँले संगठनलाई सुदृढ गर्दै पार्टी र संगठनको हितमा काम गर्ने बताउनुभएको छ ।
यस्तै संगठनको जिल्ला सह इन्चार्जमा अभिषेक गुप्ता, सन्तोष पासवान र रञ्जन झाले जिम्मेवारी पाउनुभएको छ ।

Add Comment

Click here to post a comment

You cannot copy content of this page