राजनीति

वर्तमान संघ र प्रदेश सरकार समाबेशी छैन : नेता लेखी

बृजमान तामाङ –
बिरेन्द्र बजार, २६ साउन ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष एवं नेकपा एमालेका केन्द्रिय सदस्य राज कुमार लेखीले गठबन्धन नेतृत्वको वर्तमान संघ र प्रदेश सरकार असमाबेशी रहेको टिप्पणी गरेका छ्न ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कंचनरुप नगरपालिकाद्वारा सप्तरीको बस्तिपुरमा आयोजित नगर स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन नेतृत्वको सरकार असमाबेशी रहेको टिप्पणी गरेका हुन ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता लेखीले गठबन्धन नेतृत्वको बर्तमन सरकारले समाबेशी सिदान्तलाई चुनौती दिदै सरकार गठन्मा संबिधानको खिलाप गरेको बताए । नेपालको संबिधान २०७२ ले राज्यको सबैतहमा समाबेशी प्रतिनिधित्व गराउन बाध्यकारी ऎनमै व्यवस्था गरेको छ, लेखीले भने, बर्तमन संघ र प्रदेशको सरकार गठनमा समाबेशी नितिलाई ख्याल गरेन, प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकार होस वा लाल बाबू राउत नेतृत्वको मधेश प्रदेश सरकार ती दुबै सरकार असमाबेशी छ । लेखीले एमाले नेतृत्वले मात्र समाबेशी सिदान्तको सम्मान गर्ने विश्वास व्यक्त गरे ।

आदिवासी जनजाति आन्दोलनको बलमा एमालेकै पहलमा समाबेशी नीति नेपालमा प्रारम्भ भयो, लेखीले भने, नेपालको संबिधानको प्रस्ताबनामै उल्लेख गराउन सफल भयौ तर बर्तमन सरकार गठनमा एकै समुदाय र लिङ्गका मात्र प्रतिनिधित्व गराईएको छ यो संबिधान विपरीतको कार्य पनि हो । लेखीले निर्वाचन प्रणालीलाई पुर्ण समाबेशी बनाउनु पर्नेमा जोड दिए ।
समानुपातिक निर्वाचन प्रणालीले सिमान्तकृत, अल्पसंख्यक समुदाय र महिलाको संसादमा उल्लेखनीय प्रतिनिधित्व हुन सकेको बताउदै कार्यक्रमका प्रमुख अतिथि लेखीले, जनताको त्यग र बलिदानीबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समाबेशी प्रतिनिधित्व जस्ता उपलब्धिहरुको रक्षाका लागि एकताबद्ध हुन आग्रह गरे । ठूलो संघर्षबाट एकात्मक, केन्द्रकृत राज्य व्यवस्थाको अन्त्य गर्दै देशमा संघात्मक, समाबेशी राज्य प्रणालीको शुरु भयो, लेखीले भने, संघात्मक र समानुपातिक प्रणालीलाई शासकहरुले अझै पालन गर्न सकेको छैन, ५० बर्ष सम्म नभएको काम ५ बर्षको अबधिमा भएको छ, अधिकार प्राप्तिका लागि उत्पीडित समुदायहरु आफै सचेत हुनुपर्छ नभए अझै २०र२५ बर्ष लाग्छ । लेखीले आदिवासी जनजाति समुदाय जनचेतनाको अभावले आफनै देशमा शोषित, पीडित, भेदभाव र उत्पादनमा परेको बताए ।
राना शासन कालको मुलकी ऎनमा आदिवासी जनजातिलाई मासिने जाती भनेर परिभाषित गरेको स्मरण गर्दै लेखीले सोही समयदेखि आदिवासी जनजाति समुदायलाई शिक्षासहितका राज्यको सेवाबाट बन्चित गराउदै भेदभाव गरेको हुदा त्यसको प्रभाव हालसम्म कायम रहेको उल्लेख गरे । लेखीले गैरसरकारी संस्थाको माध्यमबाट आदिवासी जनजातिको मुद्दा सम्बोधन गर्न नसकिने भन्दै आदिबासी जनजातिको मुद्दा र समस्या राजनैतिक दलबाट उठाउनु पर्नेमा जोड दिए । लोकतान्त्रिक आदिवासी जनजाति महासंघले आदिबासी जनजातिहरुको हक अधिकार सुनिश्चित गर्न अग्रणी भुमिका निर्वाह गरेको चर्चा गर्दै नेता लेखीले आदिवासी जनजाति सहित देशका सम्पुर्ण पछाडि पारिएका जातीसमुदायलाई राज्यको मुलप्रबाह पुर्‍याउन अग्रस्थानमा रहने विश्वास व्यक्त गरे । लेखीले मधेश प्रदेश सरकारले आदिबासी जनजाति, मुश्लिम, दलित, थारु लगायतका आयोग गठन नगरेर समाबेशी सिदान्तको अपमान गरेको टिप्पणी गरे ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष देव नारायण चौधरीले आदिवासी जनजाति समुदायमाथी राज्य वा पार्टी नेतृत्वबाट भेदभाव कायम राखे स्विकार्य नहुने बताए । एमालेको लोकप्रियतालाई देखेर विपक्षीहरु आत्तिएकाको बताउँदै चौधरीले छुट्टाछुट्टै चुनाव लड्दा भित्तामा पुगिने डरले एमाले विरुद्ध साना दलहरुले गठबन्धन बनाएको टिप्पणी गरे ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय महासचिव पेम्बा भोटेले आदिवासी जनजाति समुदायलाई अधिकार दिने सवालमा एमालेको तुलनामा कुनै पार्टी पुग्नै नसकेको दावी गरे । एमालेकै अगुवाइमा देशमा राजनीति क्रान्ति सफल भयो महासचिव भोटेले भने, अब समृद्धिका लागि क्रान्ति आबश्यक छ ,समृद्धिका लागि समाबेशिताको मुद्दा सशक्त हुनुपर्छ । प्रधानमन्त्री ओलि नेतृत्वको सरकारले समृद्धिको जग बसालेको उल्लेख्य गर्दै भोटेले एमालेकै केही अवसरबादीहरुले उदेश्य पूरा हुन नदिएको जिकिर गरे । उनले बर्गिय बिभेदसंगै जातीय, क्षेत्रीय, भाषिक, धार्मिक र लिङ्गको आधारमा गरिने विभेद विरुद्ध संघर्ष गर्दै समृद्धि सहितको सामाजिक रुपान्तरण गर्ने उदेश्य लिएर अगाडि बढेको कारण एमाले देशकै ठूलो पार्टी भएको दावी गरे । एमाले देशकै शक्तिशाली पार्टी भएकोले एक्लै एमालेसँग भिड्ने हिमत कुनै पार्टीले गर्न नसक्ने उनको भनाई थियो ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कञ्चनरुप नगर अध्यक्ष जय नारायण चौधरीको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा एमाले प्रदेश समिति सदस्य कल्पना चौधरी, आश्रादेवी चौधरी, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज सावित्री चौधरी, केन्द्रिय सदस्य मित्र नारायण श्रेष्ठ, मधेश प्रदेश सचिव चन्ददेव चौधरी, एमाले जिल्ला समिति सदस्य सरस्वती निरौला, पत्रकार बृजमान तामाङ, कन्चनरुप नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्री लगायतले मन्तव्य व्यक्त गरे ।
युवा संघका केन्द्रिय सचिवालय सदस्य मनिस श्रेष्ठद्वारा संचालित कार्यक्रममा स्वागत आदिवासी जनजाति महासंघ नगर समवन्य परिषद कन्चनरुपका अध्यक्ष लिल बहादुर मगरले गरे ।
प्रशिक्षण कार्यक्रममा कञ्चनरुप नगरपालिका अन्तर्गतका एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा आबद्ध आदिवासी जनजातिहरुको सहभागिता रहेको थियो ।

Add Comment

Click here to post a comment

You cannot copy content of this page