समाज

सप्तरीको बोदेबर्साईनमा पोखरीमा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु

सप्तरी, साउन २६ गते । सप्तरीमा पोखरीमा आज (बिहीबार) डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको बोदेबर्साईन नगरपालिका ८ काचन स्थित रहेको लक्ष्मी साहको पोखरीमा मिताराम दासकी छोरी ६ वर्षीया नन्दनी कुमारी दासको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
पोखरीमा डुबेर गम्भिर घाईते भई उपचारको लागि शत्रुधन अस्पताल बोदेबर्साईन सप्तरीमा ल्याई उपचारको क्रममा अस्पतालको चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक बालिकाको कानुन बमोजिम जाँच मुचुल्का लगायतको पोष्टमार्टम कार्य भइ अन्य थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
साना नाबालक तथा नाबालिकाहरु नजिकमा रहेको पोखरी, नाला, नदीहरु नुहाउन नदिन, अभिभावकहरुले स– साना केटाकेटीहरुलाई एक्लै नछोड्ने सर्वसाधारण आम जनताहरुलाई सचेत रहन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page