राजनीति

सप्तरीको डाक्नेश्वरीमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को नगर स्तरीय भेला सम्पन्न

राजविराज, ३० साउन । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा नेकपा (एमाले) निकट भातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नगर स्तरीय भेला सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी नेकपा एमालेका पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नगरस्तरीय भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले मजदुरमाथि भइरहेको श्रम शोषण, उत्पीडिन र विभेद अन्त्यका लागि एमालेको सरकार आबश्यक रहेको बताउँदै मजदुरहरुको हक अधिकार सुनिश्चितका लागि सबै मजदूर संगठित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सबै मजदुर एमालेमा संगठित भई अहिले मजदुरमाथि भइरहेको श्रम शोषण, उत्पीडन र विभेद अन्त्य गर्न आसन्न मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । प्याकुरेलले एमाले सरकारले मात्र मजदुरहरुको समस्या समाधान गर्ने दावी गर्नुभयो ।
भेलालाई नेकपा एमालेका केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला सहइन्चार्ज राज कुमार लेखी, जिल्ला अध्यक्ष ताराकान्त चौधरी, उपाध्यक्ष अब्दुल मजिद साकिर, सचिव देवनाथ यादव, जनसंगठन समवन्य संयन्त्र प्रमुख दुर्गानन्द ठाकुर, डाक्नेश्वरी नगरपालिकाका प्रमुख राम लखन मुखिया, अखलेश झा लगायतले समेत सम्बोधन गर्नुभएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सप्तरीका अध्यक्ष राम अवतार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा एमालेका स्थानीय नेताकार्यकर्ताहरु तथा डाकनेश्वरी नगरपालिका अन्तर्गतका जिफन्टमा आबद्ध मजदूरहरुको उपस्थिति रहेको थियो ।

Add Comment

Click here to post a comment

You cannot copy content of this page