समाज

सप्तरीमा एक युवकले गरे झुण्डिएर आत्महत्या

सप्तरी, ३१ साउन । सप्तरीमा एक युवकले झुण्डिएर आत्महत्या गरेका छन ।
जिल्लाको बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ देउरीका १५ वर्षीय अमरेन्द्र कुमार यादवले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आफ्नै घरदेखी पूर्वमा रहेको रामजानकी मन्दिरको भान्सा घरमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा यादव मृत फेला परेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि लगिएको र थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page