प्रदेश १ समाज

जबरजस्ती करणी मुद्धामा १० बर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

बिराटनगर, भदौ १ गते । प्रहरीले जबरजस्ती करणी मुद्धाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १५ का २८ वर्षीय सुमन परियार रहेका छन ।
जबरजस्ती करणी मुद्धामा सम्मानित पुनरावेदन अदालत बिराटनगरको मिति २०७२।०९।२६ गतेको सजाय निर्धारण फैसला आदेशले १० बर्ष कैद सजाय तोकिएता पनी हालसम्म फरार रहदै आएका परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
फरार प्रतिवादीहरुको खोजतलासमा निरन्तर खटिदै आएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर रित समुहको प्रहरी टोलिले बुधवार दिउँसो परियारलाई धरानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका परियारलाई सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराई तोकिएको सजाय भुक्तानको लागी झुम्का कारागार पठाएको जनाइएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page