समाज

सप्तरीमा नुहाउने क्रममा पोखरीमा डुबेर एक बालकको मृत्यु

सप्तरी । सप्तरीमा बुधवार दिउँसो पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजगढ गाउँपालिका वडा नं. ४ बेल्हीका बिरेन्द्र कुमार मण्डलको १३ वर्षिय छोरा राजा मण्डल रहेका छन।
पोखरीमा नुहाउन गएको बेला एक्कासी बालक पोखरीमा डुबेको र पोखरीबाट ननिस्केपछि उनीसँगै गएका साथीहरुले स्थानियहरुलाई खबर गरेका थिए । खबर थाहापाउने बित्तिकै पोखरीमा खोजतलास गर्दा पानीमुनी मृत अवस्थामा उनको शव भेटिएको स्थानियले जनाएका छन् ।
घटनास्थलमा प्रहरी पुगी कानुन अनुसार मुचुल्ला उठाएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page