समाज

इनरुवा–दुहवी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा सप्तरीका एक युवकको मृत्यु

सप्तरी, २ भदौ । इनरुवा–दुहवी सडकखण्ड अन्तर्गत दुहवी नगरपालिका २ मा बुधबार राति ११ः४५ बजेतिर मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा सप्तरीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको रुपनीका गाउँपालिका वडा नम्बर १ का अन्दाजी ३५ वर्षीय रञ्जितकुमार यादव रहेका छन ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ४ प ११८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा यादव घाइते भएका थिए । उनको दुहवीस्थित मेडिकलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page