राजनीति

थरुहट आन्दोलका अगुवा तुलसी थारु प्रदेश सभा सदस्यमा सप्तरी १(क)बाट उम्मेदवारी दिने तयारी

वृजमान तामाङ –
विरेन्द्र बजार, ४ भदौ ।
थरुहट आन्दोलनका अगुवा तथा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय नेता तुलसी थारुले प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन ।
थरुहट आन्दोलनमा अग्रणी भुमिकामा रहेका थारुले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा चुनाव लड्ने तयारी गरेको हो ।
२०६३/०६४ को थरुहट थारुवान आन्दोलनमा सक्रिय हुँदै राज कुमार लेखी नेतृत्वको नागरिक पार्टीमा केन्द्रिय सदस्य र काठमाडौ उपत्यका इन्चार्ज भई राजनीति यात्रा शुरु गरेका थारु हाल लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध छ्न । लेखी नेतृत्वको नागरिक पार्टी राजेन्द्र महतोका सदभावाना पार्टीसंग एकीकरण गरेपछी थारु संयुक्त पार्टीका केन्द्रिय सदस्यको जिम्मेवारी पाएका थिए । ६ मधेशबादी दलहरुको एकता पछि बनेको राष्ट्रिय जनता पार्टी र तत्कालीन समाजवादी पार्टी र राजपा विच एकता भएको पार्टी जसपामा पनि केन्द्रिय सदस्यको भुमिकामा थिए ।
जसपाबाट अलग भई महन्थ ठाकुर नेतृत्वको लोसपा गठन भएपछि थारु लोसपातिर लागेका छ्न । उनी लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय नेता हुन । पार्टीले उम्मेदवार बनाएमा चुनाव लड्ने मनसाय बनाएको थारु बताउछन् । पार्टीले उम्मेदवार बनाउनेमा पुर्ण विश्वास छ, थारुले भने, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेको छु । अहिले चुनावको तयारीमै व्यस्त छु, साथीहरूसंग छ्लफल अगाडि बढाउदै छु । उनले थारु लगायतका उत्पीडित जाती समुदायको हक अधिकार प्राप्तिका लागि लामो संघर्ष गरेको हुदा उत्पीडित जाती समुदायको साथ र सहयोग पाउनेमा कुनै शंका नरहेको बताए ।
चुनावको तयारीसंगै थारुको राजनैतिक भेटघाट बाक्लो हुन थालेको उनी निकट नेताहरु बताउछ्न । थरुहट थारुवान राष्ट्रिय मोर्चाका महासचिव समेत रहेका थारु संसदीय चुनावमा पहिलो पटक भिड्न लागेका छ्न । थारु कल्याणकारिणी सभा लगायतका दर्जनौं सामाजिक संघसंस्थामा आवद्ध भई पहिचान र अधिकारको लडाईमा संघर्षरत थारुको जित सुनिश्चित हुने उनी निकट नेताहरुको दावी छ।
उक्त क्षेत्र एमाले स्थानीय समिति सदस्य सत्यनारायण मण्लको निर्वाचन क्षेत्र हो । मण्डलले तत्कालीन फोरम राजपा गठबन्धनका साझा उम्मेदवार राज कुमार लेखीलाई पराजित गरेका थिए ।
आसन्न मंसिर ४ गतेको निर्वाचनमा एमालेमै फर्किएका लेखीले समेत उक्त निर्वाचन क्षेत्रबाट नेकपा एमालेबाट उम्मेदवारी दिने तयारी गरेको श्रोतको दावी छ । दुबै नेताहरुको चुनावी तयारीसंगै उक्त निर्वाचन क्षेत्रमा थारु अगुवा नेताहरू विच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page