समाचार

सप्तरीमा हायस दुर्घटना हुँदा आमाको मृत्यु छोरीसहित १३ जना घाइते

सप्तरी, ६ भदौ । सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिकामा आज हायसको टायर पडकिएर भएको दुर्घटनामा एक महिलाको मृत्यु तथा १३ जना घाइते भएका छन् ।
अग्निसाईर कृष्णसवरण गाउँपालिका–६ नयाँ बस्ती बसन्तपुरस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा.५ख २३१० नम्बरको हायसको पछाडीको टायर अचानक पड्किएर दुर्घटना हुँदा एक महिलाको मृत्यु र उनी छोरीसहितका यात्रीहरु घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।
तिब्र गतिमा रहेको हायस अनियन्त्रित भई दुर्घटना हुँदा झापाको कन्काई नगरपालिका–८ बस्ने ५२ वर्षीया अमृका ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । उनकी छोरी २९ वर्षीया बिछा ओलीसहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले बताउनु भयो ।
दुर्घटनामा हायस चालक झापा बिर्तामोड नगरपालिका–४ का ४३ वर्षीय दुर्गाबहादुर मगर, सह चालक सोही ठाउँका ३० वर्षीय हिमाल प्रसाद, झापा दमक नगरपालिका–३ का २९ वर्षीय अशोक माझी, झापा कन्काई नगरपालिका–४ की ४६ वर्षीया सुष्मिता संग्रौला, झापाकी २४ वर्षीया अन्जना अधिकारी र निजकी बहिनी २० वर्षीया ससर्जना अधिकारी घाइते भएका छन् ।
यसैगरी मोरङ उर्लाबारी नगरपालिकाकी ४२ वर्षीया तारा बिक, मोरङ गछिया नगरपलिका–४ का १९ वर्षीया सबिना राई, संखुवासभा तयैनपुर नगरपालिका–१० का ३३ वर्षीय गोबिन्द भण्डारी, चितवन रत्ननगर नगरपालिका–९ का ४८ वर्षीय बिनोद प्रसाद शर्मा, रौतहटका २४ वर्षीय मनोज जैसवाल र भारत दिल्लीका ४६ वर्षीय ईमराम अहमद घाइते भएका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page