राजनीति

‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न चार दलद्वारा भोलि नेपाल बन्दको घोषणा ,आज मसाल जुलुस

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न चार दलले भोलि (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।
सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति उल्लंघनन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, महंगी र राष्ट्रघाति सन्धिरसम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले भोलिको लागि नेपाल बन्दको घोषणा गरेको हो ।
ती पार्टीले तीन बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न र पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेका छन् ।
यसअघि नै संयुक्त विज्ञप्ति जारी गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले आन्दोलनको घोषणा गरेका हुन्।

यो सरकार भने गैरजिम्मेवार तरिकाले प्रतिक्रियाविहीन भएर बसिरहेको विज्ञप्तिमा उल्लेख छ ।चार कम्युनिष्ट पार्टीले राज्यको रवैयाको कडा रुपले निन्दा गर्दै यथासिघ्र एमसीसी र एसपिपि, पक्राउ पुर्जी र झुट्ठा मुद्दाको खारेजी, संपूर्ण बन्दी कमरेडहरुको रिहाई र आकासिँदो महङ्गी नियन्त्रण गर्न माग गरेको छ ।
उनीहरुले घोषणा गरेको कार्यक्रममा श्रावण २७ गते संघर्षका कार्यक्रमहरुको घोषणा, भाद्र १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भाद्र ४ गते देशव्यापी विरोधसभा, काठमाडौं उपत्यकाको माइतीघर मण्डलामा केन्द्रीत विरोधसभा, भाद्र ६ गते देशव्यापी मशाल जुलुस, भाद्र ७ गते नेपाल बन्दसम्म थियो ।
त्यसको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौँमा मसाल जुलुस निकालेको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page