राजनीति

लिपुलेक र लिम्पीयाधुरासहित आफ्नो भूमि फिर्ता गराउन एमालेको सरकार आवश्यक : नेता प्याकुरेल

कञ्चनरुप, ७ भदौ । यो देशलाई एकिकृत रुपमा अगाडि बढाउन, नेपाली जनतालाई सुखी सम्पन्न बनाउन नेकपा (एमाले) को सरकार हुन अतिनै आवश्यक रहेको रुपनगरमा आयोजित एक कार्यक्रममा नेकपा (एमाले) का पोलिट ब्यूरो सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज सुमनराज प्याकुरेलले बताउनु भयो ।
अखिल नेपाल महिला संघ कञ्चनरुप नगर कमिटी सप्तरीद्वारा मंगलबार हरितालिका तिजको उपलक्ष्यमा कञ्चनरुप-९ स्थित फूलबारी पार्टी प्यालेसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता प्याकुरेलले सो कुरा बताउनु भएको हो ।
नेकपा (एमाले)ले सबै जातजाती र भाषाभाषीको संस्कृतिलाई सम्मान गर्ने भएकाले शुभकामना आदान प्रदान कार्यक्रममा सबै जातजाती र भाषाभाषीको जनताहरु उपस्थित भएको देख्दा सिङ्गो नेपालको उपस्थित भए जस्तो लागेको प्याकुरेलले बताउनु भयो ।
कालापानी, लिपुलेक र लिम्पीयाधुरा आफ्नो भूमि फिर्ता गराउनका लागि एमालेको सरकार आवश्यक रहेकाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई जिताउन समेत प्याकुरेलले आग्रह गर्नुभयो ।

नेकपा (एमाले) का केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटाले राष्ट्रलाई समृद्ध बनाउन र विकास निमार्णलाई अगाडि बढाउन एमालेको सरकार आवश्यक रहेको बताउनु भयो ।
नेकपा (एमाले) का केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला सह इन्चार्ज राजकुमार लेखी, नेकपा (एमाले)का प्रदेश कमिटी सदस्य एवं कञ्चनरुप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्त कुमार मिश्र, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज मनिश श्रेष्ठ, कञ्चनरुप नगर कमिटी अध्यक्ष बच्चुलाल चौधरी, राष्ट्रिय युवा संघ नेपाल कञ्चनरुप नगर कमिटी अध्यक्ष जैनुदिन मियाँ लगायतका वक्ताहरुले हरितालिका तिजको उपलक्ष्यमा शुभकामना दिँदै आजको महिलाहरुको ठुलो उपस्थितिले आगामि मंसिर ४ मा हुने निर्वाचनमा एमालेका उम्मेदवारहरु विजयी हुनेमा शंका नरहेको बताउनु भयो ।

सो कार्यक्रममा तिजका गीतमा नृत्य समेत प्रस्तुत गरिएको थियो । कञ्चनरुप नगरभित्रका सबै जातजातीका महिलाहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । स्वागत मन्तव्य अखिल नेपाल महिला संघकी नगर सचिव सुनिता कटुवालले गर्नुभएको थियो भने नगर अध्यक्ष सीता पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page