राजनीति

जसपा जिल्ला समवन्य समिति सप्तरीको कार्य विभाजन, प्रचार विभागमा तामाङ

राजविराज, ७ भदौ । जनता समाजवादी पार्टी नेपाल जिल्ला समवन्य समितीको विभागीय जिम्मेवारी बाँडफाँड भएको छ ।
जसपा जिल्ला समवन्य समिती सप्तरीको राजविराजमा सोमबार आयोजित पूर्ण बैठकले विभिन्न जिम्मेवारी बाँडफाँड गरेको हो । जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षमा आयोजित बैठकले पार्टीमा विभिन्न जनबर्गिय तथा क्षेत्रगत जिम्मेवारी बाँडफाँड गरेको जनाएको छ ।
प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष केदार प्रसाद यादव, महिला विभाग प्रमुख उपाध्यक्ष उमेश कुमार यादव,संगठन, किसान बिभाग प्रमुख उपाध्यक्ष हरेराम यादव, मुश्लिम विभाग प्रमुख अवुल हुसैन, संगठन विभाग प्रमुख सचिव हरेराम यादव, युवा विधार्थी विभाग प्रमुख सह सचिब निलेश कुमार झा, बुद्धिजीवी विभाग प्रमुख सह सचिब शम्भु कुमार यादव, दलित विभाग प्रमुख सह सचीव रामचन्द्र साह र प्रचार प्रसार विभाग प्रमुखमा बृजमान तामाङ, आदिवासी जनजाति विभाग प्रमुख जिल्ला सदस्य माधुरी चौधरीलाई जिम्मेवारी प्रदान गरिएको जिल्ला सचीव हरेराम यादवले जानकारी दिए ।
यसैगरी बैठकले निर्वाचन क्षेत्रको संयोजन गर्ने जिम्मेवारी समेत दिएको छ । क्षेत्र नम्बर १ संघ निलेश कुमार झा, प्रदेश (क) बृजमान तामाङ, प्रदेश (ख) रामचन्द्र साह, क्षेत्र नम्बर २ मा संघमा हरेरामा यादव, प्रदेश (क) मा निरज मुक्ति, प्रदेश (ख)मा लक्ष्मण यादव, क्षेत्र नम्बर ३ संघमा उपेश प्रसाद यादव, प्रदेश (क) हरेराम यादव, प्रदेश (ख) मा शम्भु कुमार यादवलाई जिम्मेवारी दिएको छ ।
बैठकले भदौ ९ गते ८ वटै प्रदेश निर्वाचन क्षेत्र र १३ गते ४ वटै संघ निर्वाचन क्षेत्रमा भेला गर्ने निर्णय समेत गरेको छ । क्षेत्र नम्बर १ को कंचनपुर, प्रदेश (क) को कंचनपुर, प्रदेश (ख) को भारदह, क्षेत्र नम्बर २ को राजविराज, प्रदेश (क) तोपा, प्रदेश (ख) राजविराज, क्षेत्र नम्बर ३ को संघको पथरगडा, प्रदेश (क) रुपनी, प्रदेश (ख) को डाक्नेश्वरी र क्षेत्र नम्बर ४ संघको कल्याणपुर, प्रदेश (क) प्रदेश खडक नगरपालिका (ख) भदियामा भेला गर्ने निर्णय भएको जनता समाजवादी पार्टी नेपाल सप्तरीले जनाएको छ ।
उक्त बैठकले भदौ ११ गते अध्यक्ष उपेन्द्र यादव प्रमुख आतिथ्यमा राजविराजमा हुने बृहत पार्टी प्रवेश कार्यक्रमको तयारी गर्ने समेत निर्णय भएको जिल्ला उपाध्यक्ष अबुल हुसैनले बताए ।
बैठकमा उपाध्यक्ष सचिव हरेराम यादव, सह सचिब शम्भु कुमार यादव, कार्यकारिणी समिति सदस्य राजेश्वर राय, रामेश्वर यादव, विनोद कुमार चौधरी, सुचुता कुमारी यादव, जिल्ला सदस्य भाग्यनाथ यादव, तेज नारायण यादव, भाग्यनाथ यादव, ललित नारायण सिंह, विपि मण्डल, दिनेश साह, राधिका यादव, सरस्वती मण्डल, रामदेव यादव, मतिलाल चौधरी, विजय यादव शिबनाथ यादवलगायतकाले आ आफ्नो विचार व्यक्त गरे । सहसचिव निलेश कुमार झाद्वारा संचालित बैठकमा स्वागत कोषाध्यक्ष बृजमान तामाङले गरे ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page