समाज

मनोरञ्जना लौगी एजुकेसनलका सवारी चालकको निधन, उपाध्यक्षद्वारा श्रद्धाञ्जली अर्पण

विरेन्द्र बजार ,७ भदौ । सप्तरीको रुपनी गाउँपालिका ६ स्थित विरेन्द्र बजारमा रहेको मनोरञ्जना लौगी एजुकेसनल एकेडेमी प्रालिका सवारी चालक स्वर्गीय उदय चौधरीको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
काठमाडौको अन्नपूर्ण अस्पतालमा सोमबार निधन भएका २७ बर्षिय चौधरीको स्मृतिमा विद्यालयले मंगलबार विहान श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
कार्यक्रममा विद्यालयका संचालक समेत रहेकी रुपनी गाउँपालिकाका उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगीले स्वर्गीय चौधरीको तस्वीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिन् । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक कैलाश लौगी, प्रिन्सिपल उर्मेन्द्र कुमार चौधरी लगायतका शिक्षक र कर्मचारीहरुले श्रद्धाञ्जली अर्पण गरे ।
श्रद्धाञ्जली अर्पण गर्दै सस्थापक लौगीले स्वर्गीय चौधरीको नाबालक छोरालाई विद्यालयमा निशुल्क पढाईने साथै उनको भरणपोषणका लागि ५१ हजार प्रदान गर्ने बताए । स्वर्गीय चौधरीको शोकमा मंगलबार विद्यालयमा विदा समेत दिएको उनले जानकारी दिए ।

विगत दुई बर्षदेखि विद्यालयमा सवारी चालक पदमा कार्यरत चौधरी एकहप्ता अगाडि एक्कासि अचेत भएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । विद्यालयको बस लिएर रुपनी आउने क्रममा अचेत भएपछि उनलाई प्रहरी अस्पताल रुपनीमा उपचारका लागि तत्कालै भर्ना गरिएको थियो । उनको प्रथामिक उपचार गरि थप उपचारको लागि विराटनगर स्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको विद्यालयले जनाएको छ ।
गोल्डेन अस्पतालले रेफर गरेपछि अन्नपूर्ण अस्पताल काठमाडौ लगिएको तथा उपचारको क्रममा सोमबार १२ बजे चौधरीको निधन भएको विधालयका सस्थापक लौगीले जानकारी दिए । उनको खडक नगरपालिका ६ स्थित निवासमा धार्मिक पराम्परा अनुसार सोमबार साँझ अन्त्यष्टी गरिएको जनाएको छ ।
स्वर्गीय चौधरीको १ बर्षको छोरा उज्जोल चौधरी र श्रीमति छ्न् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page