प्रदेश १ समाज

श्रीमतीको हत्या गरी फरार रहेका ईनरुवाका बिनोद कुमार चार वर्ष पछी पक्राउ

सुनसरी, भाद्र ०८ गते । सुनसरी प्रहरीले श्रीमतीको हत्या गरी फरार रहेका ईनरुवा नगरपालिका ४ का ३५ बर्षीय बिनोद कुमार खत्वेलाई चार वर्ष पछी पक्राउ गरेको छ ।
२३ वर्षीया अनिता देवी खत्वेको हत्या गरी फरार रहेका उनकै श्रीमान बिनोद कुमार पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले २०७४ साल जेष्ठ ४ गते राती श्रीमतीको हत्या गरी घटनास्थलबाट नै फरार रहेका खत्वेलाई गत सोमबार साँझ पक्राउ गरेको हो ।
पक्राउ परेका खत्वेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page