राजनीति

पूर्व गाउँपालिका अध्यक्ष सिंहको नेतृत्वमा सयौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश

राजविराज, ९ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी सप्तरीका पूर्व अध्यक्ष एवम् तिलाठी कोईलाडी गाउँपालिकाका पूर्व अध्यक्ष सतिश कुमार सिंह जनमत पार्टीमा प्रवेश गरेका छ्न ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ स्थित जिरिया हाटमा विहिवार अयोजित एक समारोहका विच सिंहको नेतृत्वमा समाजवादी पार्टी प्रत्याग गरि सयौंको संख्यामा जनमत पार्टीमा प्रवेश गरेका हुन ।

जनमत पार्टीका ऋषिकेशको अध्यक्षतामा आयोजित कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले नवप्रबेशी नेताकार्यकर्तालाई टिका, माला र गम्छा लगाएर पार्टी प्रवेश गराए ।
कार्यक्रममा ईन्जिनियर सूर्य नारायण यादव, केन्द्रीय सदस्य सुरेन्द्र मधेशी ,सप्तरी जिल्ला इन्चार्ज ममता झा ,जिल्ला अध्यक्ष चन्देश्वर मंडल, सुनिल मण्डल लगायतले शुभकामना व्यक्त गरे ।
उक्त अवसर लोकतान्त्रिक समजवादी पार्टी परित्याग गरि ५ सय भन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page