राजनीति

जिसस सप्तरीका पूर्व प्रमुख प्रभाकर यादव जसपामा प्रवेश

राजविराज, ११ भदौ । जिल्ला समवन्य समिति सप्तरीका पूर्व प्रमुख प्रभाकर यादव जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छ्न ।
जसपा सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित एक समारोहका विच यादवको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि सयौं नेताकार्यकर्ता जसपा प्रबेश गरेका हुन ।
जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नवप्रबेशी नेताकार्यकर्तालाई सदस्यता प्रदान गरि माला, गम्छा, टीका लगाएर पार्टी प्रवेश गराउनुभयो ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पूर्व जिल्ला अध्यक्ष अमरनाथ मण्डल, छिन्नामस्ता गाउँपालिकाकी निवर्तमान वडा अध्यक्ष प्रमिला यादव, विवेकशिल पार्टीका केन्द्रिय सदस्य सुमन कुमार मिश्रा लगायतका १ हजार भन्दा बढी नेताकार्यकर्ता विभिन्न पार्टी परित्याग गरि जसपामा प्रबेश गरेको जसपा सप्तरीका कोषाध्यक्ष एवम प्रचार विभाग प्रमुख बृजमान तामाङले जानकारी दिनुभयो ।
जिल्ला समवन्य समिति सप्तरीको सभाहलमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् कृषि तथा पशुपंक्षि विकास मन्त्री मृगेन्द्र सिंह यादव, केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह, केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् प्रबक्ता तथा प्रदेश सभा सदस्य मनिश सुमन, पार्टीका राजनैतिक समिति सदस्य एवम मधेश प्रदेश सरकारका प्रबक्ता एवम अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सूर्य नारायण यादव लगायतको उपस्तिथि रहेको थियो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page