समाज

रुपनगरमा बस पल्टिएर दुर्घटना हुँदा १९ जना यात्रु घाइते, दुई जनाको अवस्था गम्भिर

कञ्चनरुप, १५ भदौ । सप्तरीको कञ्चनरुप १२ स्थिर रुपनगरमा बुधबार एक यात्रुबाहक बस पल्टिएर दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन ।
गाईघाटबाट धरानतर्फ जादै गरेको को १ ख ३५२३ नम्बरको बस रुपनगरको कलौनि टोल स्थित अनियन्त्रित भई पल्टिदा १९ जना यात्रु घाइते भएका हुन । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको स्थानिय जैनुदिन मियाँले जानकारी दिनु भयो ।
घाइतेहरुको स्थानिय एम.डि. हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचार पश्चात आ आफ्नो घर फर्की सकेका मियाँले जानकारी दिए।
बसमा १९ जना यात्रु सवार रहेको र ती मध्ये दुई जनाको अवस्था गम्भिर रहेकाले तत्कालै बिराटनगरस्थित गोल्डेन अस्पताल उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page