समाज

घाँस काट्न गएका अधिकारीको हात्तीको आक्रमणबाट मृत्यु

झापा, भाद्र १५ गते । झापाको बाह्रदशीमा हात्तीको आक्रमणबाट एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका १ का ८० वर्षीय देवी बहादुर अधिकारी रहेका छन।
मंगलबार बिहान १० बजे मनकामना सामुदायिक बनमा घाँस काट्न गएका अधिकारीलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । हात्तीको आक्रमणबाट घाईते भएका अधिकारीलाई उपचारको लागि धरान घोपा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page