समाज

पञ्चमी व्रतमा नुहाउने क्रममा नहरमा डुबेर एकै परिवारका दुई जनाको मृत्यु

खगेन्द्र कार्की –
फत्तेपुर, १६ भदौ । पञ्चमी नुहाउदा चतरा नहरमा डुबेर बिहिवार सुनसरी बराहक्षेत्र नगरपालिका–३ खोरिया बस्ने एकै परिवारका दुई जना महिलाको मृत्यु भएको छ ।
पञ्चमी व्रतका लागि भनेर नुहाउन नहरमा पसेका चार जनामध्ये १४ वर्षीया सलिना खड्का र ३६ वर्षीया शोभा खड्काको मृत्यु भएको हो ।
सलिना र शोभा फुपू भदैनी भएको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । उनीहरूसँगै नुहाउन पसेका २३ वर्षीया सोनु खड्का र १४ वर्षीया इशा खड्का भने सकुशल रहेका छन् ।
प्रहरीका अनुसार बराह क्षेत्रको बीच पानी भएर जाने सुनसरी मोरङ सिंचाइ आयोजनाको चतरा नहरमा सलिना डुबेको स्थानदेखि तीन किलोमिटर दक्षिण मृत अवस्थामा फेला परेकी थिइन् ।
शोभा लगायत ३ जनालाई उद्धार गरेर धरानको विजयपुर अस्पतालमा भर्ना गरिएको थियो । उनको आईसीयूमा राखेर उपचारकै क्रममा ज्यान गएको नडाहा प्रहरी प्रमुख हरि दहालले जानकारी दिनुभयो।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page