राजनीति

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट उपेन्द्र यादवसहित ३ जनाको नाम सिफारिस

बृजमान तामाङ –
राजविराज, १८ भदौ । सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट जसपा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसहित ३ जनाको नाम सिफारिस गरिएको छ ।
सप्तरीको कञ्चनपुरमा शनिबार सम्पन्न क्षेत्रीय समितीको बैठकले अध्यक्ष यादव, नवलकिशोर साह र डा. सूर्य नारायण यादवलाई उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
उम्मेदवार सिफारिस भएका साह पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् मधेश प्रदेशका सामाजिक विकास मन्त्री हुन भने डा. यादव पार्टीका केन्द्रिय सदस्य एवम् सोही क्षेत्रबाट निर्वाचित बाहालवाला साँसद हुन ।
यसैगरी बैठकले समानुपातिक तर्फबाट ८ जनाको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ विजुलीवति देवी यादव, राम कुमार यादव, रेणु कुमारी नायक, रामेश्वर प्रसाद चौधरी, मन्जु महतो, रामेश्वर यादव,गर्भी परियार, चित्तरंजन यादव रहेका छ्न ।
जसपा क्षेत्र नम्बर १ का अध्यक्ष मनोज बहडखेरको अध्यक्षतामा आयोजित बृहत् बैठकमा पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साह, केन्द्रिय सदस्य एवम सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सूर्य नारायण यादव, राजनैतिक समिति सदस्य जगदेव यादव, अशोक लगरवार, संघीय परिषद सदस्य श्यामदेव यादव, प्रदेश उपाध्यक्ष शम्भु कुमार झा, प्रदेश, प्रदेश सदस्य पर्शुराम यादव, प्रदेश परिषद सदस्य अशोक कुमार चौधरी, उमेश यादव, रामसुन्दर यादव, जितेन्द्र खड्का, जिल्ला उपसचिव निलेश कुमार झा, कोषाध्यक्ष बृजमान तामाङ, जिल्ला कार्यकारिणी समिति सदस्य रामेश्वर यादवलगायतका पार्टीका जिल्ला समिति सदस्य, पार्टीका पालिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page