समाज

तुलसीपुरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीय नवीन केसी रहेका छन । शनिवार राति तुलसीपुर ३ को साततले भन्ने ठाउँमा टिकटक बनाउने क्रममा केसी भिरबाट तल खसेर घाइते भएका थिए । उनलाई उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page