समाज

उदयपुरमा एउटै परिवारका ३ जनाको हत्यामा संग्लग्न सार्वजनिक

उदयपुर, भाद्र १९ गते । उदयपुरको बेलका नगरपालिका ७ गोवाटारका एउटै परिवारका ३ जनाको हत्या गरेको आरोपमा स्थानीय ४३ बर्षीय नर बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले आज एक पत्रकार सम्मेलन गरि घटनामा संलग्न आरोपी नरबहादुरलाई सार्वजनिक गरेको हो ।
गत सुक्रबार बिहान गोवाटार स्थित वाबिङ खोलामा स्थानिय ३७ बर्षीय राज कुमार बस्नेत, बस्नेतको ३३ बर्षीया श्रीमती सरिता बस्नेत र १२ बर्षीय छोरा सुजन बस्नेत समेत तीनै जनाको धारिलो हतियारको प्रहारबाट हत्या भएको अवस्थामा मृत लाश फेला परेको थियो ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी उपरीक्षक सहितको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा नर बहादुरले उक्त घटना घटाई तत्काल घटना स्थलबाट फरार रहेको भन्ने खुल्न आए सगैं तत्काल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खोजतलासमा खटिएको प्रहरी टोलीले बस्नेतलाई बेलका नगरपालिका ६ बरबोटे स्थितबाट भाग्दै गरेको अवस्थामा घटनामा प्रयोग भएको खुकुरी सहित पक्राउ गरेको हो । मृतकको आफन्त पर्ने बस्नेतले तिन जनालाई घरयासी विवादमा खुकुरी प्रहरी गरी हत्या गरेको स्वीकार गरेका छन ।
पक्राउ परेका हत्या आरोपी बस्नेतलाई आजै जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page