खेलकुद

न्यायाधीश हरिश्चन्द्र इङ्गनाम उत्कृष्ठ व्याडमिण्टन खेलाडी घोषित

राजविराज, २२ भदौ । सप्तरीमा भएको व्याडमिण्टन प्रतियोगितामा सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनाम उत्कृष्ठ खेलाडी घोषित हुनुभएको छ ।
१९ औं निजामति सेवा दिवसका अवसरमा न्यायाधीश र न्याय समूहका कर्मचारीबीचको हार्दिकता बढाउन भएको व्याडमिण्टन प्रतियोगितामा आज न्यायाधीश इङ्गनाम उत्कृष्ठ खेलाडी घोषित हुनु भएको हो ।
निजामति सेवा दिवसलाई स्मरणयोग्य बनाउन भएको प्रतियोगिताको आज सम्पन्न फाइनलमा हरिशंकर महतो र विकेशबाबु राईको समूह प्रथम भएका छन् ।
यसैगरी न्यायाधीश मदन पोखरेल र बसन्त लिम्बुको समूह द्वितिय तथा बिक्रम भुजेल र दिप्सन कार्कीको समूह तृतीय भएको उच्च अदालतका जनकपुर राजविराज इजलाशका अधिकृत धर्मबहादुर बुढाले जानकारी दिनुभयो ।
उच्च अदालत र सप्तरी जिल्ला अदालतको संयुक्त आयोजनामा भएको २ दिवसिय प्रतियोगितामा नौ ओटा समूह सहभागी रहेको जिल्ला अदालतका सूचना अधिकारी भरत पोखरेलले जानकारी दिनुभयो ।
उत्कृष्ठ र विजेता खेलाडीहरुलाई उच्च अदालत जनकपुर राजविराज इजलाशका मुख्य न्यायाधीश हरीप्रसाद भण्डारी र सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश हेमन्त रावलले ट्रफी र मेडल प्रदान गर्नुभयो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page