राजनीति

एमालेबाट सप्तरीको प्रतिनिधि तथा प्रदेश सभाका लागि उम्मेदवारको नाम सिफारीस

कञ्चनरुप, २२ भदौ ।
मंसीर ४ गते हुने आसन्न निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभाका उम्मेदवारका लागि सुमनराज प्याकुरेल, दिवाकर देवकोटा र कृष्ण कुमार गुप्ताको नाम सिफारीस भएको छ । प्याकुरेल पोलिटव्यूरो सदस्य तथा मधेश प्रदेश सह इन्चार्ज हुनुहुन्छ भने देवकोटा केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज हुनुहुन्छ ।
सप्तरीकै निर्वाचन क्षेत्र नम्वर १(ख) मा नेकपा एमालेबाट देवनाथ यादवको नाम क्षेत्रिय कमिटीले सिफारीस गरेको छ । यस्तै सप्तरी क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभाका लागि ताराकान्त चौधरी, क्षेत्र नम्बर ३ (क) प्रदेश सभा सदस्यका लागि अशोक यादवको नाम जिल्लाबाट सिफारीस भएको नेकपा एमाले सप्तरीले जानकारी दिइएको छ ।
यादव पार्टी जिल्ला सचिव हुनुहुन्छ भने चौधरी पार्टी अध्यक्ष हुनुहुन्छ । नेकपा एमाले सप्तरीका लागि यि दुबैले मेरुदण्डको काम गर्दै आएकाछन् भन्ने नेपाल कम्युनिष्ट पार्टी एमालेको दावी रहेकोले पनि यी दुवै नेताले विजय हासील गर्ने विश्वास पनि लिइएको जनाइएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page