राजनीति

सप्तरीको कञ्चनपुरमा समाजवादी महिला संघको क्षेत्रीय भेला सम्पन्न

बृजमान तामाङ –
कञ्चनरुप, २२ भदौ । जनता समाजवादी पार्टी निकट समाजवादी महिला संघ सप्तरीको सप्तरी निर्वाचन क्षेत्र नम्बर १ स्तरीय भेला कञ्चनपुरमा बुधबार सम्पन्न भएको छ ।
समाजवादी महिला संघ सप्तरीका अध्यक्ष राखी यादवको अध्यक्षता तथा जसपा केन्द्रिय सदस्य दिल कुमारी चौधरीको प्रमुख आतिथ्यमा क्षेत्रीय भेला सम्पन्न भएको हो ।
भेलामा बोल्दै जसपा राजनितीक समिति सदस्य जगदेव यादवले अधिकार सुनिश्चितताका लागि संगठित हुनुपर्नेमा जोड दिए । उनले महिला लगायत उत्पीडित समुदायको अधिकार प्राप्तिका निम्ति जनता समाजवादी पार्टीमा गोलबद्व हुन आग्रह गरे । जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले नेपाली नागरिकलाई सरकारले नागरिकता नदिई अन्याय गरेमा सडक आन्दोलनमा उत्रने चेतावनी दिए ।
समाजवादी महिला संघ सप्तरीका अध्यक्ष राखी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा संघीय परिषद सदस्य श्यामदेव यादव, मधेश प्रदेशका उपसभामुख उपमा देव, मधेश प्रदेश समिति सदस्य एवम हनुमान नगरकंकालिनी नगरपालिकाकि उपप्रमुख सरिता देवि सिपलिया, जिल्ला कोषाध्यक्ष बृजमान तामाङ, जिल्ला कार्यकारिणी समिति सदस्य राजेश्वर राय यादव, जसपा कञ्चनरुप नगरपालिकाका अध्यक्ष सुदम्वर यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
जसपा जिल्ला सदस्य रिता शर्मा यादवद्वारा संचालित कार्यक्रममा स्वागत जसपा कञ्चनरुप नगरपालिकाकि उपाध्यक्ष कल्पना चौधरीले गरिन् ।
अन्नपूर्ण क्याम्पसमा आयोजित क्षेत्रीय भेलामा जसपा मधेश प्रदेश समिति सदस्य पर्शुराम यादव, जिल्ला उपसचिव निलेश कुमार झा, जिल्ला सदस्य राम कुमार यादव, चित्तरंजन यादव, जसपा निर्वाचन क्षेत्र नम्बर १ का वरिष्ठ उपाध्यक्ष संजय कुमार कुसियैत, उपाध्यक्ष वाणी कुमारी चौधरी, समाजवादी महिला संघ सप्तरीका उपाध्यक्ष मन्जु खड्का, उपसचिव आशा कुमारी तामाङ लगायतका क्षेत्र नम्बर १ अन्तर्गतका जसपा निकट महिलाहरुको उपस्थिति रहेको थियो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page