खेलकुद

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सप्तरीबाट फुटबलमा ४४ र भलिबलमा २८ खेलाडीहरु छनोट

राजविराज, २३ भदौ । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सप्तरीबाट फुटबलमा ४४ र भलिबलमा २८ जना गरी जम्मा ७२ जना खेलाडीहरु छनोट गरिएको छ ।
पोखरामा यही असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि फुटबल पुरुषतर्फ २२, महिलातर्फ २२, भलिबल पुरुषतर्फ १५ र महिलातर्फ १३ जना खेलाडी छनोट भएका छन् ।
जिल्ला खेलकुद विकास समिति सप्तरीका अनुसार सप्तरीबाट फुटबलमा पुरुषतर्फ २२, महिलातर्फ २२ र भलिबलमा पुरुष १५, महिला १३ जना खेलाडी छनोट गरिएको हो ।

जिल्ला खेलकुद विकास समिति सप्तरीका प्रमुख दिनेश भुजेलका अनुसार फुटबलमा पुरुषतर्फ १८ र अतिरिक्त ४ गरी २२ जना, महिलातर्फ १८ र अतिरिक्त ४ जना गरी २२ जना, भलिबलमा पुरुषतर्फ १२ अतिरिक्त ३ गरी १५ जना, महिलातर्फ १० र अतिरिक्त ३ गरी १३ जना खेलाडी छनोट गरिएको छ । फुटबल र भलिबल दुबै खेलमा पुरुष र महिलाको छुट्टाछुट्टै टिम रहेको समेत जानकारी गराए ।
प्रतियोगिताका लागि क्रिकेट महिलातर्फ १४ जना, पुरुष १४ जना, आईटिएफ ९ जना पुरुष, ४ जना महिला, भरात्तोलनमा पुरुष ७ महिला ९ जना, चेस पुरुष ३ महिला १ छनोट गरिएको र कवडी, एथलेटिक्स, कराँते, तेक्वान्दो खेलका खेलाडीहरुको छनोट समेत भईरहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page