समाज

जण्डोलमा चौधरीमाथी सांघातिक आक्रमण, अस्पताल भर्ना

बिरेन्द्र बजार , २५ भदौ । सप्तरीको अग्निसाईर कृष्णासवरण ५ का संजिव कुमार चौधरीमाथी संघातिक आक्रमण भएको छ ।
अग्निसाईर कृष्णासवरण गाउँपालिका १ का सुवास चौधरी र उदयपुर त्रियुगा नगरपालिका ६ देउरीका भुपेन्द्र चौधरीले शुक्रबार दिउँसो पछाडिबाट आक्रमण गरि चौधरीलाई घाइते बनाएको हो ।
कुटपिटबाट गम्भीर घाइते चौधरीको स्थानीय अहिर अस्पतालमा उपचार भईरहेको घाईतेका दाजु प्रदीप चौधरी जानकारी दिए । चौधरीको टाउको फुटेको छ भने आठ वटा टाँका लगाएको उनले जानकारी गराए ।
दिउँसो १ बजे जण्डोल स्थित तपेश्वरी बजारमा घरायसी सामान खरिद गर्न गएको बखत चौधरीलाई पछाडिबाट रडले टाउकोमा प्रहार गरेको स्थानीयले बताएका छ्न । मावि जण्डोल स्थित प्राविधिक शिक्षालयमा डिप्लोमा इन्जिनियर कक्षामा अध्ययनरत आक्रमणकारीहरु फरार रहेका छ्न ।
आक्रमण गरि फारर रहेको व्यक्तिहरुको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page