राजनीति

माओवादी केन्द्र सप्तरीद्वारा संघ र प्रदेशका लागि प्रत्यक्ष तर्फका उम्मेदवारको नाम सिफारिस


राजविराज, २६ भदौ । नेकपा (माओवादी केन्द्र) सप्तरीले संघ र प्रदेशको मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्ष तर्फका उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ ।
नेकपा (माओवादी केन्द्र) सप्तरीका ईन्चार्ज तथा केन्द्रिय सदस्य अशोक कुमार मण्डल(अमर) ले संघ र प्रदेशका लागी प्रत्यक्ष तर्फका उम्मेदवारको नाम केन्द्रिय कार्य समितिमा पठाएको हो ।
सो सम्भावित उम्मेदवारहरुमा प्रतिनिधि सभा क्षेत्र नं. १ बाट अशोक कुमार मण्डल(अमर) ,सूर्यनाथ यादव, प्रदेश सभा १ (क) बाट शम्भु खडका, सत्य नारायण चौधरी, प्रदेश सभा १ (ख) बाट अशोक कुमार मण्डल(अमर), सूर्यनाथ यादव, प्रदेश सभा २ (ख) बाट महेश प्रसाद यादव, उमेश कुमार यादव रहेका छन ।
त्यसै गरी प्रतिनिधि सभा क्षेत्र नं. ३ बाट शेर सिंह, कर्मलाल यादव, प्रदेश सभा ३ (क) बाट अरुण कुमार साह, श्याम नारायण चौधरी, प्रदेश सभा ३ (ख) बाट श्रृषि यादव, कलाम खाँ, प्रतिनिधि सभा क्षेत्र नं. ४ बाट कर्मलाल चौधरी, प्रदेश सभा ४ (क) बाट रुबी कुमारी कर्ण, प्रदेश सभा ४ (ख) बाट डा. सूर्या प्रसाद यादव÷किरण यादव रहेका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page