प्रदेश १ समाचार

झापा, मोरङ र सुनसरी जिल्लाको सिमावर्ति क्षेत्रमा प्रहरीको लामो दुरीको गस्ति परिचालन

बिराटनगर, भाद्र २९ गते । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट झापा, मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रमा प्रहरीको लामो दुरीको गस्ति परिचालन गरिएको छ ।
सिमावर्ती क्षेत्रहरुको अनुगमन कार्ययोजना २०७९ अनुसार सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा नियन्त्रणका लागी लामो दुरीको पैदल गस्ति परिचालन गरिएको हो ।
कार्ययोजना अनुसार प्रहरी नायव निरीक्षकको कमाण्डमा १०/१० जना मोरङ र सुनसरी जिल्लाको सिमावर्ति क्षेत्रमा परिचालन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page