स्वास्थ्य

को मधेपुरामा डेंगु रोग सम्बन्धि जनचेतनामुलक कार्यक्रम आयोजना

रामनाथ यादव –
राजविराज, ३० भदौ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ६ स्थित को मधेपुरामा बिहिवार डेंगु रोग सम्बन्धि एक दिवसीय जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र को. मधेपुराका सिनियर अहेव विसुनदेव साहको अध्यक्षता तथा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रोशन सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको हो ।
उक्त कार्यक्रमम राजनैतिक दल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वायमसेवका, युवा लगायत स्थानीय वुद्विजिवीहरुको सहभागीता रहेको थियो ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र को मधेपुराद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा वडाको टोल तथा घरमा गएर डेंगु रोग सम्बन्धि जानकारी गराएको थियो । एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने भएकोले सुत्ने बेला झुल प्रयोग गरि सचेत हुन आग्रह गरिएको थियो ।
कार्यक्रममा घरको वरिपरि सरसफाइ राख्नु पर्ने र पानी जम्न दिन नहुने भन्दै डेंगुबाट बाच्ने उपाय बारे जनचेतनामुलक संदेशहरु प्रवाह गरिएको आयोजकले जनाएको छ ।
उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, जोड्नी र मांसपेशीहरु दुख्ने, आँखाको गेडाहरु दुख्ने,टाउको दुख्ने, वान्ता आउने लगायतका डेंगु रोगका लक्षण भएको जनचेतनामूलक कार्यक्रममा बताएको थियो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page