समाचार

रुपनीमा किसान परिचयपत्र वितरण सम्बन्धि जनप्रतिनिधिसंग छ्लफल

बृजमान तामाङ –
बिरेन्द्र बजार, ३० भदौ ।
सप्तरीको रुपनी गाउँपालिकामा बिहीबार किसान परिचय पत्र वितरण तथा रुपान्तरण परियोजना सम्बन्धि छ्लफल एवम कार्ययोजना निर्माण बारे जनप्रतिनिधिसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
राष्ट्रिय कृषक महासंघ सप्तरीका अध्यक्ष सुखिलाल यादवको अध्यक्षता तथा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष यादव, विशिष्ट अतिथि उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, वडा नम्बर ६ का वडा अध्यक्ष बद्री नारायण सरदार, ५ का अध्यक्ष गंगाराम यादव, ४ का अध्यक्ष छेदी ईसर, ३ का अध्यक्ष अमरलाल मुखिया, २ का अध्यक्ष सरोज यादव, १ का अध्यक्ष लिला देवि यादव र कार्यपालिका सदस्य मुकेश कर्ण , महासंघका पदाधिकारी र जिल्ला स्थित कृषक समुहका प्रतिनिधिहरु लगायतकाले आआफ्नो बिचार व्यक्त गरे ।

कार्यक्रमको सहजीकरण कार्ययोजना निर्माण समिति मधेश प्रदेश संयोजक दिलिप साह, परियोजना अधिकृत देवि थापा मगरले सहजीकरण गरेका थिए ।
कार्ययोजना निर्माण रुपनी गाउँपालिकाका सहजकर्ता राम नारायण महतोद्वारा संचालित कार्यक्रममा स्वागत राष्ट्रिय कृषक महासंघ रुपनी गाउँपालिका अध्यक्ष तेज नारायण यादवले गरे ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page