धर्म संस्कृति

भिमारमा जितिया पर्वको अवसरमा ओठघन कार्यक्रम आयोजना

बिरेन्द्र बजार, ३० भदौ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ५ स्थित भिमरमा बिहिवार जितिया पर्वको अवसरमा ओठघन कार्यक्रमको आयोजना गरिएको छ । आमा महिला उत्थान समाज धिमारद्वारा कार्यक्रमको आयोजना गरेको हो ।
आमा उत्थान महिला समाज धिमारका अध्यक्ष ससिता कुमारी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले ओठघन कार्यक्रमले संस्कृति जगेर्नामा टेवा पुग्ने बताए ।
जितिया पर्वको उजागर गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष चौधरीले कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले सबैजातजातीको धर्म संस्कृति संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरीले थारु समुदायले मात्र मान्ने गरेको जितिया राष्ट्रिय पर्वको रुपमा विकसित हुँदै गएको बताईन । उनले जितियाको पौराणिक मौलिकता झल्काउन कार्यक्रम थप सहयोगी हुने विश्वास व्यक्त गरिन ।

कार्यक्रममा किसान सहकारी संस्थाका अध्यक्ष रामानन्द चौधरी, वडा अध्यक्षका प्रत्यासी उम्मेदवार तथा युवा नेता दुर्गानन्द चौधरी, वडा नम्बर ५ का वडा सदस्य गयाराम चौधरी, वडा नम्बर ५ कि सहजकर्ता रन्जना चौधरी, हिरावती आधारभुत विधालय भिमारका शिक्षक उदय नारायण यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
आमा महिला उत्थान समाजका सल्लाहकार उमा चौधरी र स्थानीय युवा नेता सन्तोष कुमार लेखीद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत समाजका सचिब पुष्पा चौधरीले गरिन ।
कार्यक्रममा स्थानीय कलाकारहरुले लघु नाटक, गित तथा नृत्य प्रस्तुत गरे भने माछा लगायतका थारु परिकार खाएर जितिया ओठघन कार्यक्रम मनाएका छ्न ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page