समाज

मोरङको छुट्टाछुट्टै ठाउँबाट लागुऔषध सहित तीन जना पक्राउ

बिराटनगर, ३१ भाद्र । मोरङको छुट्टाछुट्टै ठाउँबाट प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका १५ स्थितबाट १ जना र झापाको बिर्तामोड नगरपालिका ४ स्थितबाट २ जनालाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर १५ स्थितमा चेक जाँचको क्रममा को ३५ प २२६६ नम्बरको मोटरसाईकल चालक इटहरी ४ सुनसरीका २२ वर्षीय बिशाल भुजेलको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
त्यस्तै लागुऔषधको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा लागुऔषध ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यलय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ४ बस्ने ३८ वर्षीया सुगन्दा अन्सारी र उनको १७ वर्षीय छोरा अर्मान अन्सारीलाई घर भित्र प्लास्टिकमा प्याकिङ गरिरहेको अवस्थामा १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको जनाइएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page