समाचार

सप्तरीमा म्यादी प्रहरीका लागि पहिलो दिन नै १६ सय ४८ जनाद्वारा आवेदन

सप्तरी, ३१ भदा । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि माग गरिएको म्यादी प्रहरी भर्ना आवेदन आह्वान गरिएको पहिलो दिन नै सप्तरीमा १ हजार भन्दा बढीले आवेदन दिएका छन् ।
आवेदन दर्ता खुलेको दिन बिहीबार पहिलो दिन सप्तरीमा १ हजार ६ सय ४८ जनाले आवेदन दिएका छन् ।
सप्तरी प्रहरीका अनुसार ११ सय ६८ जना पुरुष ४ सय ८० जना महिलाले आवेदन दिएका छन् ।
आवेदन दिने अन्तिम मिति असोज ६ सम्म तोकिएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page