समाचार

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा डा. सत्य मोहन जोशीको स्वास्थ्य लाभको कामना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार वाङ्मय शताब्दी पुरुष डा. सत्य मोहन जोशीलाई किष्ट अस्पतालमा पुगेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
पिसाब र डेंगु सङ्क्रमणका कारण ललितपुरस्थित किष्ट शिक्षण अस्पतालमा उपचाररत जोशीलाई अध्यक्ष तिमिल्सिनाले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गर्नुभएको हो।
जोशीको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जानकारी दिएको छ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page