समाज

पाँचथर र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

बिराटनगर, असोज १३ गते । पाँचथर र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कुम्मायक गाउँपालिका २ पाँचथरका २४ वर्षीय भिम बहादुर माझी र रामधुनी नगरपालिका ३ सुनसरीका ६३ बर्षीय चन्द्रराज दाहाल रहेका छन् ।
बुधवार पाँचथरको फिदिम नगरपालिका ४ स्थित मध्य पहाडी लोकमार्गमा को ४ प ८९९९ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका माझीको फिदिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका १७ स्थित चतरा सडक खण्डमा को २ च ८४४ नम्वरको पिकअप भेनले साईकल यात्री चन्द्रराज दाहाललाई ठक्कर दिँदा घाईते भएका दाहाललाई उपचारको लागि धरान घोपा तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
ठक्कर दिने पिकअप र चालक संजिव कुमार भगतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

 

You cannot copy content of this page