समाज

उर्लाबारीमा करेन्ट लागेर एक युवकको मृत्यु

मोरङ, १४ असोज । मोरङको उर्लाबारी नगरपालिका १ स्थितमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटहरी गाउँपालिका २ मोरङका ३५ वर्षीय उद्धब परियार रहेका छन ।
बिहीबार अपरान्ह ३ बजे आसिस समि नारायण साह जे.बी. कन्ट्रक्सन द्धारा निर्माणाधिन उर्लाबारी सामुदायिक खानेपानीको पानी ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा करेन्ट लाग्दा परियारको घटना स्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाउको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page