राजनीति

अहिलेको पाँच दलीय गठबन्धन सरकार लुटतन्त्र र धाँधलीवादको सरकार : एमाले अध्यक्ष ओली

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनको सरकार भ्रष्ट सरकार भएको बताएका छन ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश कमिटीले शनिबार आयोजना गरेको मधेश प्रदेशस्तरीय निर्वाचन परिचालन कमिटी घोषणा तथा विशाल आम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार धाँधलीवाद सरकार रहेको बताएका छन ।
सरकारले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा धाँधली गर्न सक्ने भन्दै युवाहरुलाई सतर्क रहन आग्रह गरे । उनले भने यो सरकार भ्रष्ट सरकार हो,धाँधलीवाद सरकार हो,चुनाव निष्पक्ष गराउने होइन जसरी पनि जित्नुपर्छ भन्ने सरकार हो,यसलाई लोकतन्त्रको मतलब छैन,लुटतन्त्रको सरकार हो यो,त्यसकारण हाम्रा युवालाई चुनावलाई स्वतन्त्र,निष्पक्ष र धाँधलीरहित बनाउन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न युवाहरुले हरेक बुथमा स्वयंसेवक खटाउनुपर्छ ।

चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने निर्वाचन आयोगको मनशायलाई युवा संघले सहयोग गर्नुपर्ने भन्दै सहयोग गर्न निर्देशन दिए । उनले कानुन नमिच्न र आचारसंहिताको पालनापूर्ण रुपमा पालना गर्न पार्टी पंक्ति र युवा संघलाई निर्देशन दिए ।
अध्यक्ष ओलीले प्रहरी प्रशासनलाई गठबन्धनको कारिन्दा नभइ राष्ट्रसेवक भएर काम गर्न पनि आग्रह गरे । तपाइँहरु अहिलेको गठबन्धन सरकारका कारिन्दा होइन, राष्ट्रसेवक हो तपाइँहरुको वफादारिता राज्यप्रति, कानुनप्रति,जनताप्रति हुनुपर्छ, एउटा धाँधलीवाद धाँधलीवाल सरकारप्रति होइन ।
कानुन अनुसार चल्न प्रहरी प्रशासनलाई आग्रह गर्दै अध्यक्ष ओलीले भने कानुनी राज स्थापना गर्ने तपाइँहरुको पनि भूमिका हो ।

अध्यक्ष ओलीले एमाले कानुन अनुसार चल्ने पार्टी भएको बताउँदै एमाले लोकतान्त्रिक र शान्तिपूर्ण ढंगले चल्ने बताए । एमालेले कसैका सभा, कार्यक्रम विथोल्ने काम नगर्ने पनि उनेले प्रष्ट पारे । एमालेले कानुनअनुसार नचल्नेहरुलाई खबरदारी गर्ने बताउँदै ओलीले भने सबैले आफ्ना सभा गरुन्,कार्यक्रम गरुन्,सबैले आफ्ना प्रचार गरुन्, सबैले स्वतन्त्र रुपमा भोट हाल्न पाउने वातावरण बनोस् एमाले यसप्रति प्रतिबद्ध छ,अस्वस्थ अनैतिक,अलोकतान्त्रिक यस्ता क्रियाकलापमा एमाले संलग्न हुँदैन हुनेछैन र अरु कसैले कानुन विपरितका काम गर्न खोज्यो भने एमालेले नसहने बताए ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page