अर्थतन्त्र समाज

बरमझियामा सबैभन्दा पहिले पेडा व्यवसाय शुरूवात गर्ने स्व.बैजनाथ साहको प्रतिमा अनावरण

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर २ स्थित बरमझियामा सबैभन्दा पहिले पेडा व्यवसाय शुरूवात गर्ने स्व.बैजनाथ साहको प्रतिमा बुधबार अनावरण भएको छ।
उहाँको छोरा राजकुमार साहले पसल कै अगाडि एक कार्यक्रम बीच बुबाको प्रतिमा राखेर अनावरण गराउनु भएको हो ।
साहको धर्मपत्नी जुगेश्वरी देवी साहको अध्यक्षता, नेकपा(एमाले)केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज कमरेड दिवाकर देवकोटा ज्युको प्रमुख आतिथ्यता र एमाले नेता राजकुमार लेखी,सरिता गिरि, प्रदेश कमिटी सदस्य एवं कन्चनरुप नगरपालिकाका पुर्व नगर प्रमुख बसन्त मिश्र र नगरप्रमुख ललन गुप्ताको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
बैधनाथ पेडा पसल सप्तरीमा मात्र नभएर नेपाल भरिनै प्रसिद्ध छ । पसलमा पेडा किन्नेहरुको निकै घुइचो लाग्ने गर्दछ ।
बैधनाथ पेडा पसलको नामबाट अहिले बरमझियामा ३ दर्जन भन्दा बढी पेडा पसलहरु खुलेका छन् ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page