राजनीति

सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कञ्चनरूप, २० असोज । सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आसन्न मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बिहीबार छुट्टाछुट्टै कार्यक्रममा बीच चार वटै क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय एवम् निर्वाचन क्षेत्रस्तरीय कार्यालय स्थापना गरिएको हो ।
सप्तरीको निवार्चन क्षेत्र नं. १ मा सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । क्षेत्र नं.१ मा कञ्चनरुप नगरपालिका,सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालनी नगरपालिका, अग्नीसाइर कृष्णासवरन गाउँपालिका र तिरहुत गाउँपालिका रहेका छन् ।
त्यसैगरी राजविराज नगरपालिका बडा नं ७ स्थित खानेपानी तथा सरसफाई डिभिजनको नवनिर्मित भवनमा मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नम्बर २ को कार्यालय स्थापना गरिएको छ ।
त्यस्तै क्षेत्र नम्बर ३ को शम्भुनाथ नगरपालिका वडा नम्बर ७ को कार्यालय कठौना र क्षेत्र नम्बर ४ को खडक नगरपालिकाको कार्यालय भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाइएको छ ।
स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गरी जनता अभिमत प्रकट गरी लोकतन्त्रको अभ्यास गर्ने वातावरण निर्माण गर्न जिल्लास्थित राजनीतिकदलहरु, नागरिक समाज, बुद्विजिवी र सञ्चारकर्मी लगायत सम्बद्ध सरोकारवालाहरु एवम् आमनागरिकहरुमा जिल्ला निर्वाचन कार्यालय सप्तरीले आग्रह गरेको छ ।

KRN
 

Add Comment

Click here to post a comment

You cannot copy content of this page