समाचार समाज

नेपाल तामाङ घेदुङ शम्भुनाथ नगरपालिकाको दोश्रो अधिबेशन सम्पन्न

बृजमान तामाङ –
बिरेन्द्र बजार, २९ असोज ।
नेपाल तामाङ घेदुङ शम्भुनाथ नगरपालिकाको दोश्रो अधिबेशन सम्पन्न भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका २ स्थित भल्वाईमा शनिबार आयोजित एक समारोहको विच नगर अधिबेशन सम्पन्न भएको हो ।
नेपाल तामाङ घेदुङ शम्भुनाथ नगरपालिकाका अध्यक्ष पदम बहादुर घिसिङको अध्यक्षता तथा संघीय सदस्य भिम घिसिङको प्रमुख आतिथ्यमा नगर अधिबेशन सम्पन्न भएको थियो ।
अधिबेशनको उद्वघाटन समारोहमा प्रमुख अतिथि संघीय सदस्य घिसिङ, आदिवासी जनजाति महासंघ सप्तरीका पुर्व अध्यक्ष बृजमान तामाङ, घेदुङका पुर्व केन्द्रिय सदस्यदोय खड्ग बहादुर तामाङ, मेख बहादुर बम्जन, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोले, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका सदस्य मनमाया थोकर, रुपनी गाउँपालिका अध्यक्ष भद्र कुमारी सिंदन, वडा नम्बर ६ का अध्यक्ष अशोक योन्जन, अग्निसाईर कृष्णासवरन गाउँपालिका उपाध्यक्ष लघुमाया तामाङ, वडा अध्यक्ष सरस्वती गोले, अम्बर बहादुर मोक्तान, चक्र बहादुर बम्जन लगायतकाले शुभकामना मनतव्य व्यक्त गरे ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका कोषाध्यक्ष सूर्यमान सिंदनद्वारा संचालित कार्यक्रममा स्वागत नेपाल तामाङ बम्बो घेदुङका केन्द्रिय सदस्य लाल बहादुर बम्जनले गरे ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page