समाज

सिरहा गोलबजारका १७ बर्षीय अंशु सदाको हत्यामा संलग्न ३ जना पक्राउ

बिराटनगर, असोज २९ गते । सिरहा गोलबजार ३ का १७ बर्षीय अंशु सदाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कमला नगरपालिका ६ धनुषाका १८ वर्षीय राकेश ठाकुर, सोही स्थानका १८ वर्षीय विसु भन्ने प्रशान्त मण्डल र रतुवामाई नगरपालिका ५ मोरङका २६ वर्षीय मनोज कार्की रहेका छन् ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो बिराटनगरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले असोज २६ गते सदालाई अपहरण गरी बिराटनगर ११ स्थित न्यू अप्सरा गेष्टहाउसमा ल्याई हत्या गरेको खुल्न आएको छ ।
पक्राउ परेका तीनै जना उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page