समाचार

संस्कृतिविद् एवं शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

सप्तरी । सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा कार्तिक १ गते मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै शताब्दी पुरुष स्व. जोशीको शोकमा नेपाल भरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरूका साथै विदेश स्थित कूटनीतिक नियोगहरूमा समेत सार्वजनिक बिदा दिने भएको र राष्ट्रिय झण्डा झुकाउने सरकारले निर्णय गरेको छ ।
‘संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा मिति २०७९ साल कार्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने तथा राष्ट्रिय झन्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ‚’ सूचनामा भनिएको छ ।
१०३ वर्षका जोशीको आइतबार बिहान उपचारकै क्रममा निधन भएको थियो ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page