समाचार समाज

इलामको सुर्योदयबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ


इलाम, असोज २ गते । प्रहरीले इलामको सुर्योदय नगरपालिका ६ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्योदय नगरपालिका ८ का १९ वर्षीय मिक कुमार तामाङ र २३ वर्षीय सेवन गुरुङ रहेका छन् ।
मंलबार प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा शरिरमा लुकाई राखेको अवस्थामा उनीहरुको साथबाट ७७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको जनाको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page