समाचार

सप्तरीमा बेलुकी ७ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

कञ्चनरुप (सप्तरी), ०३ कार्तिक । जिल्ला प्रशासन कार्यालय सप्तरीले बेलुकी ७ बजेसम्म मात्र देउसी–भैलो जस्ता साँस्कृतिक कार्यक्रमहरु खेल्न पाइने सूचना जारी गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गर्दै बेलुकी ७ बजे भित्र व्यवस्थित रुपमा देउसी–भैलो जस्ता साँस्कृतिक कार्यक्रमहरु बन्द गर्न आग्रह गरेको छ ।
अनावश्यक पटका, आतिसवाजी, ध्वनी प्रदुषण, (डिजे प्रयोग) होहल्ला जस्ता अवाञ्छित एवं शान्ति सु–व्यवस्थामा खलल पुर्याउने गतिविधिहरु नगर्न नगाउन प्रशासनले निर्देशन दिएको छ ।
चाडवाडको समयमा व्यापारी, व्यवसायीहरुले अखाद्य बस्तुको उत्पादन, बिक्री वितरण, अस्वाभाविक मुल्यबृद्धि, कालो बजारी लगायतका गैर कानुनी क्रियाकलापहरु नगर्न नगराउन अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी सुचनामा उल्लेखित सूचना विपरीत कार्यहरु गरेको पाईएमा संलग्न जो सुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

 

Add Comment

Click here to post a comment

You cannot copy content of this page